कैलाली। नागरिक उन्मुक्ति पार्टी नाउपाले आफ्ना दुई मन्त्रीलाई सुदूरपश्चिम प्रदेश सरकारबाट फिर्ता बोलाएको छ । संसदीय दलका नेता घनश्याम चौधरीले दुवै मन्त्रीलाई पत्र काटेरै फिर्ता बोलाएको जनाए ।
सुदूरपश्चिममा नाउपाका कैलाश चौधरी र टिका थापा मन्त्री छन्। चौधरीले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको जिम्मेवारी पाइरहेका छन् भने थापाले कृषि तथा भुमी सुधार मन्त्रालयमा छिन्। दलका नेता घनश्याम चौधरीका अनुसार दुवैले दलको निर्णयविरुद्धमा सरकारमा गएको भन्दै तत्काल फिर्ता हुनुपर्ने बताए ।
७ गतेको बैठकमा मुख्यमन्त्री दीर्घ बहादुर सोडारीलाई विश्वासको मतको पक्षमा मतदान नगर्न निर्देशन ( ह्विप) जारी गरिएकोमा सो को उल्लंघन गरी फ्लोर क्रस गरीरकोले हालको सुदूरपश्चिम प्रदेश सरकारबाट माननीय ज्युलाई समर्थन फिर्ता लिन अनुरोध गर्दछु मन्त्रीलाई दलका नेता चौधरीले पठाएको पत्रमा लेखिएको छ।

प्रतिकृया दिनुहोस्