समाचार

चैतन्य पाठशालाद्वारा पत्रकार महासंघलाई एसी सहयोग

धनगढी – विश्व प्रेस स्वतन्त्रता दिवशको अवसर पारेर चैतन्य पाठशाला धनगढीले नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समितिलाई एक थान एयर कन्डिसन (एसी) सहयोग गरेको छ । पाठशालाले आफनो सामाजिक उत्तरदायीत्व कार्यक्रम अन्तर्गत महासंघको सुदूरपश्चिम प्रदेश समितिलाई एसी हस्तान्तरण गरिएको जनाएको छ । पाठशालाका प्रमुख कार्यकारी अधिकृत (सिईओ) गणेश प्रसाद जोशीले महासंघको प्रिफाईवले बनेको भवनमा अध्यधिक […]

पूरा पढ्नुहोस्

चैतन्य पाठशालाको आयोजनामा धनगढीमा ‘विश्व शान्तिका लागि चैतन्य साइकल यात्रा’ सम्पन्न

धनगढी– बुद्ध जयन्तीको पावन अवसरमा चैतन्य पाठशालाद्वारा आयोजना गरिएको “विश्व शान्तिका लागि चैतन्य साइकल यात्रा २०८३” उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको छ । शान्ति, सद्भाव र सहिष्णुताको सन्देश समाजमा फैलाउने उद्देश्यले आयोजना गरिएको उक्त कार्यक्रमले समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने आयोजकको विश्वास रहेको छ । बैशाख १८ गते ६ः०० बजे धनगढीको चौराहाबाट सुरु भएको यात्रामा विद्यार्थी, […]

पूरा पढ्नुहोस्

अध्यादेशबारे आज राष्ट्रपतिले संविधानविद्हरूसँग परामर्श गर्ने

काठमाडौँ । सरकारले संसद् रोकेर धमाधम अध्यादेश सिफारिस गरेपछि राष्ट्रपति रामचन्द्र पौडेलले आज संविधानविद्हरूसँग परामर्श गर्ने भएका छन् । आज अपराह्न छलफल गर्ने तय भएपनि समय यकिन नभएको राष्ट्रपतिको सचिवालयले जानकारी दियो । सरकारले वैशाख १४ गते संवैधानिक परिषद्को काम कर्तव्य र अधिकार सम्बन्धी ऐन, २०६६ र सहकारी ऐन, २०७४ लाई संशोधन गर्ने अध्यादेश र […]

पूरा पढ्नुहोस्

थापाथली स्थित सुकुमबासी बस्तीमा यसरी चलिरहेछन् डोजर

काठमाडौँ । थापाथली स्थित सुकुमबासी बस्तीमा डोजर चलेको छ । बागमती नदी किनारका सार्वजनिक तथा सरकारी जग्गामा रहेका अनधिकृत सुकुमबासी बस्तीहरू हटाउन डोजर चलाइएको हो  । सुरुमा दुईवटा डोजर चलाइएको छ । बस्तीमा रहेका मान्छेलाई बाहिर निकाल्न प्रहरीले सघाइरहेका छन् ।  सो क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ । अहिले बाक्लो सङ्ख्या नेपाल प्रहरी, सशस्त्र […]

पूरा पढ्नुहोस्

प्रधानमन्त्री बालेन शाह भारत भ्रमणमा जाने, तयारीमा जुट्यो परराष्ट्र मन्त्रालय

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले भारत भ्रमणमा जाने भएका छन् । भारतले बालेनलाई भ्रमणको निम्तो दिइसकेको छ । प्रधानमन्त्री बालेनले निम्तो स्वीकार समेत गरिसेका छन् । भ्रमण निश्चित भएसँगै परराष्ट्र मन्त्रालय पनि तयारीमा जुटिसकेको छ । परराष्ट्र मन्त्री शिशिर खनालले मोरिसस गएको बेला प्रधानमन्त्री बालेनको भारत भ्रमण चाँडै हुने बताएका थिए। भारतका विदेश मन्त्री […]

पूरा पढ्नुहोस्

धनगढीदेखि जनकपुरसम्म ‘राज सिंहासन’ एसी सोफा बस सेवा सुरु

कैलाली । सुदूरपश्चिमलाई धार्मिक नगरी जनकपुरसँग जोड्ने उद्देश्यसहित सुन्दर सुदूपश्चिम यातायात प्रा.लि. ले आजदेखि धनगढी–जनकपुर ‘राज सिंहासन’ स्तरिय एसी सोफा बस सेवा शुभारम्भ गरेको छ। दैनिक रुपमा सञ्चालन हुने धनगढी–जनकपुर–धनगढी रुटमा चल्ने यस बस सेवाले लामो दूरीका यात्रुलाई सहज, सुरक्षित र आरामदायी यात्रा प्रदान गर्ने विश्वास लिइएको छ। आधुनिक सुविधायुक्त एसी सोफा सिटसहितको बसले विशेषगरी […]

पूरा पढ्नुहोस्

सुकुमबासी नेता परियार पक्राउ

काठमाडौँ । थापाथलीस्थित सुकुमबासी बस्तीबाट सुकुमबासी नेता पक्राउ परेका छन् । सरकारले सुकुमबासीहरुलाई हटाउने तयारी गरेसँगै सो क्षेत्रमा प्रदर्शन भएको थियो । सोही क्रममा सुकुमबासी मोर्चाको कार्यवाहक अध्यक्ष नारायण परिश्रमी भनिने नारायण परियारलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले जानकारी दिए । परियार २०७९ मा  ज्यान मार्ने र बैङ्किङ कसुर मुद्दामा […]

पूरा पढ्नुहोस्

एक भारी घाँसका लागि बाबुछोरा नै कर्णालीमा बगेपछि…

अछाम । कुरा यही वैशाख ३ गतेको हो । यहाँको तुर्माखाँद गाउँपालिका–३ भैरवस्थान बल्देका ३५ वर्षीय पहलसिंह बुढा घाँस काट्न आफ्ना दुई छोराहरू दिलीप र नरेशलाई लिएर कर्णाली नदीपारि सुर्खेतको पञ्चपुरी क्षेत्र पुगेका थिए। आफ्नै काठे डुङ्गा लिएर घाँस काट्न गएका उनीहरूमध्ये जेठो छोरा १४ वर्षीय दिलीपले आफूभन्दा पहिले पालैपालो बुबा र भाइलाई पारि पठाएका […]

पूरा पढ्नुहोस्

महँगीको मारमा नेपाली, ६ महिनामा खाने तेल प्रतिलिटर ४५ रुपैयाँले बढ्यो, तरकारी २ सय प्रतिशतमाथि

काठमाडौँ । पश्चिम एसियामा जारी द्वन्द्वको प्रत्यक्ष प्रभाव नेपालीको भान्सामा परेको छ । अन्तर्राष्ट्रिय बजारमा डलरको भाउमा भएको वृद्धि र इन्धनको मूल्य बढेसँगै ढुवानी भाडा र सार्वजनिक यातायातको भाडादरमा भएको वृद्धिले सर्वसाधारण उपभोक्ता महँगीको चर्को मारमा परेका छन् । यस्तै भान्छामा अत्यधिक प्रयोग हुने खाना पकाउने ग्यासमा भारी वृद्धि भएको छ । जसको प्रत्यक्ष असर […]

पूरा पढ्नुहोस्

एलायन्स स्कुलले कक्षा ८ को BLE परिक्षामा सत प्रतिशत  नतिजा

धनगढी-२ बैयाबेह्डीमा अबस्थित एलाइन्स इ मो स्कुलले नगरपालिका स्तरीय कक्षा ८ को परिक्षामा १००% नतिजा ल्याउन सफल भएको छ। उक्त बिधालयमा कक्षा ८ मा अध्यनरत ३३ जना बिद्यार्थी मध्य १२ जनाको A+, १६ जनाको A, ५ जनाको B+ ग्रेड प्राप्त गरेको छ। बिद्यार्थीलाई पढाईको संगसगै अतिरिक्त क्रियाकलाप , खेलकुदमा विशेष ध्यान दिइने बिधालयका प्र अ […]

पूरा पढ्नुहोस्