१९ असार २०८१, मंगलवार ०६:१६
धनगढी । नेकपा एमाले र कांग्रेस बिच नयाँ सरकार गठनका लागि भएको सहमति अनुसार सुदूरपश्चिम प्रदेशको नेतृत्व नेपाली कांग्रेसले गर्ने भएको छ । हिजो मध्यराति एमाले र कांग्रेस बिच भएको सहमति अनुसार सुदूरपश्चिम प्रदेश सहित बाग्मती र गण्डकी प्रदेशमा नेपाली कांग्रेसले नेतृत्व पाउने भएको हो ।
गत बर्ष चैत २२ गते मूख्यमन्त्री पदबाट राजीनामा दिएका नेपाली कांग्रेस संसदीय दलका नेता कमल बहादुर शाह तीन महिना नपुग्दै मुख्यमन्त्रीमा फर्किने भएका छन् । संसदीय दलको नेता नै मूख्यमन्त्री बन्ने व्यवस्था रहेकाले वर्तमान अवस्थामा कमल शाह नै सुदूरपश्चिमको नयाँ मूख्यमन्त्री बन्नेछन् ।

प्रतिकृया दिनुहोस्