धनगढी । कैलालीको कैलारी गाउँपालिका का सामुदायिक विद्यालयबाट एसईई परिक्षामा ९ प्रतिशत विद्यार्थी मात्र उर्तिण भएका छन् । शैक्षिक शत्र २०८० को एसईई परिक्षामा कैलारी गाउँपालिका का ९ वटा सामुदायिक विद्यालयबाट ५२८ जना विद्यार्थीले परिक्षा दिएकोमा ४८ जना मात्र उर्तिण भएका छन् ।
हेरौं कैलारी गाउँपालिकाका कुन विद्यालयको नतिजा कस्तो छ ।
कैलारी गाउँपालिका वडा नम्बर १ हसुलीयाको दिपेन्द्र माध्यामिक विद्यालयले १७ प्रतिशत विद्यार्थी उर्तिण गराउँदै गाउँपालिका भित्र प्रथम स्थान प्राप्त गर्न सफल भएको छ । दिपेन्द्र माविबाट ८१ जनाले परिक्षा दिएकोमा १४ जना उर्तिण भएका छन् ।
राष्ट्रिय माध्यामिक विद्यालय विचैपुरले १६ प्रतिशत विद्यार्थि उर्तिण गराउँदै दोस्रो स्थान प्राप्त गर्न सफल भएको छ । राष्ट्रिय माविबाट ८५ जनाले परिक्षा दिएकोमा १४ जना उर्तिण भएका छन् ।
जानकारी माध्यामिक विद्यालय वनकट्टाले १२ प्रतिश विद्यार्थी उर्तिण गराउँदै तेस्रो स्थान ओगट्न सफल भएको छ । जानकी बाट २५ जनाले परिक्षा दिएकोमा ३ जना मात्र उर्तिण भएका छन् ।
जनकल्याण मावि पवेराबाट ७ प्रतिशत विद्यार्थी उर्तिण भएका छन् । जनकल्याणबाट ५४ जनाले परिक्षा दिएकोमा ४ जना मात्र उर्तिण भए ।
लक्ष्मी माध्यामिक विद्यालयबाट ७ प्रतिशत विद्यार्थी उर्तिण भएका छन् । लक्ष्मी माविबाट ५५ जनाले परिक्षा दिएकोमा ४ जना मात्र उर्तिण भए ।
जनता माध्यामिक विद्यालय गदरियाबाट पनि ७ प्रतिशत विद्यार्थी उर्तिण भएका छन् । जनता मावि बाट ७१ जनाले परिक्षा दिएकोमा ५ जना मात्र उर्तिण भएका छन् ।
सरस्वती माध्यामिक विद्यालय खरुवाखेरा बाट ५ प्रतिशत विद्यार्थी मात्र उर्तिण भएका छन् । सरस्वती माविबाट ५९ जनाले परिक्षा दिएकोमा ३ जना मात्र उर्तिण भएका छन् ।
जनकल्या माध्यामिक विद्यालय के गाउँबाट २ प्रशिशत विद्यार्थी मात्र उर्तिण भएका छन् । जनकल्याणबाट ५४ जनाले परिक्षा दिएकोमा १ जना मात्र उर्तिण भएका छन् ।
राष्ट्रिय माध्यामिक विद्यालय भुयाँफाटाका सम्पुर्ण विद्यार्थी अनुर्तिण भएका छन् ।राष्ट्रिय माविबाट ४४ जनाले परिक्षा दिएकोमा कुनै पनि विद्यार्थी उर्तिण हुन सकेनन् ।
कैलारी गाउँपालिकाका सामुदायिक विद्यालयको नतिजा लज्जास्पद भएपनि संस्थागत विद्यालयहरुले भने ६४ प्रतिशत विद्यार्थी उर्तिण गराएका छन् । ३ वटा संस्थागत विद्यालयबाट ३९ जनाले परिक्षा दिएकोमा २५ जना उर्तिण भएका छन् ।

प्रतिकृया दिनुहोस्