२७ असार २०८१, बुधबार ०५:५३
काठमाडौँ । भारतीय क्रिकेट टोलीको नयाँ मुख्य प्रशिक्षकमा गौतम गम्भीर नियुक्त भएका छन् । बीसीसीआई सचिव जय शाहले सामाजिक सञ्जालमार्फत गम्भीर मुख्य प्रशिक्षक नियुक्त भएको घोषणा गरेका हुन् ।
‘भारतीय क्रिकेट टोलीको नयाँ मुख्य प्रशिक्षकका रूपमा गौतम गम्भीरलाई स्वागत गर्न पाउँदा निकै खुशी लागेको छ,’ शाहले पोस्ट गरेका छन् ।गत संस्करणको आइपिएलमा गम्भीरले मेन्टरिङ गरेको कोलकाता नाइट राइडर्सले उपाधि जितेको थियो । उनले आफ्नो कप्तानीमा कोलकोतालाई दुईपटक आइपिएलको उपाधि जिताएका थिए ।
आइपिएलको २०२२ र २०२३ मा गम्भीरले लखनउ सुपर जायन्ट्सका मेन्टरको रूपमा काम गरेका थिए । दुवै सिजनमा लखनउ प्लेअफमा पुगेको थियो ।
भारतले २००७ मा टी-२० विश्वकप र २०११ मा एकदिवसीय विश्वकप जित्दा उनी टीमको महत्वपूर्ण सदस्य थिए ।

प्रतिकृया दिनुहोस्