काठमाडौँ। नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीको शपथ आज हुँदैछ । शपथ आज बिहान ११ बजे हुने राष्ट्रपति कार्यालयले जनाएको छ ।
नेपाल कम्युनिस्ट पार्टी ९एमाले०का अध्यक्ष समेत रहेका ओली आइतबार प्रधानमन्त्रीमा नियुक्त भएका हुन् । राष्ट्रपति रामचन्द्र पौडेलले अध्यक्ष ओलीलाई नेपालको संविधानको धारा ७६ को उपधारा ९२० बमोजिम आज प्रधानमन्त्री पदमा नियुक्त गरेको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शुक्रबार प्रतिनिधि सभाको बैठकमा विश्वासको मत नपाएपछि राष्ट्रपति पौडेलले प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधि सभा सदस्यलाई प्रधानमन्त्री पदमा नियुक्ति गर्ने प्रयोजनका लागि आज अपराह्न ५ बजेभित्र दाबी पेस गर्न आह्वान गरेका थिए ।
राष्ट्रपतिले दाबी पेस गर्न आह्वान गरे लगत्तै काँग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष ओलीले दलका नेताका हैसियतमा संसद्को बहुमत सदस्यको हस्ताक्षरसहित अध्यक्ष ओलीलाई प्रधानमन्त्रीमा नियुक्तिका लागि शुक्रबार नै दाबी पेस गरेका थिए ।

प्रतिकृया दिनुहोस्