२७ श्रावण २०८१, आईतवार २०:१९
धनगढी । काठमाडौं जिल्लाको चन्द्रागिरी नगरपालिका वडा नम्बर १ दहचोककी २५ बर्षिया मेरिना गिरी बेपत्ता भएकी छन् । परिवारका अनुसार उनी यहि साउन २५ गतेदेखि वेपत्ता भएकी हुन् । उनी चन्द्रागिरी नगरपालिका वडा नम्बर १ दहचोकबाट वेपत्ता भएको प्रहरीले जनाएको छ ।
करिब ५ फिट ६ इन्च उचाई,४१ किलो वजन , कालो कपाल र पातलो शरिर भएकी गिरीले पहेँलो र सुन्तला कलरको कुर्ता र ग्रे कलरको चप्पल लगाएको अवस्थामा वेपत्ता भएकाले कतै कसैले भेटाएका नजिकको प्रहरीलाई सम्पर्क गरिदिन परिवारले आग्रह गरेको छ । उनको बाँया आँखा माथी कोटी रहेकाले सम्पुर्ण मा खोजि कार्यमा सहयोग गरिदिन परिवारको अपील छ ।

प्रतिकृया दिनुहोस्