९ भाद्र २०८१, आईतवार २१:३६
धनगढी । परिश्चम नवलपरासीको रामग्राम नगरपालिका ८ लोहसदाहबाट रक्त चन्दन जस्तो देखिने चिरान काठ ससस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ । आज दिउँसो २ बजे ससस्त्र प्रहरी बल नेपाल नम्बर २६ गण हेडक्वाटर पश्चिम नवलपरासीबाट खटिएको ससस्त्र प्रहरी निरक्षक शुवास खत्रीको कमाण्डमा गएको टोलीले सो काठ नियन्त्रणमा लिएको हो ।
नियन्त्रणमा लिइएको ८१ थान काठसहित निज घर धनीलाई आवश्यक कारबाहीका लागि डिभिजन वन कार्यालय नवलपरासीमा बझाइएको जनाइएको छ । सो काठको अन्दाजी मुल्य उन्नाईस लाख पचास हजार रहेको बताइएको छ ।

प्रतिकृया दिनुहोस्