धनगढी। कैलालीमा ४ लाख मूल्य बढीको अवैध सामान फेला परेको छ । प्रहरीले अन्दाजी ४ लाख २५ हजार ४६५ मूल्य बराबरको अवैध भन्सार छलीको सामान फेला पारेको हो । धनगढी उपमहानगरपालिका-१० जुगेडाबाट २ लाख ७० हजार मूल्य बराबरको विभिन्न कम्पनीका मोबाइलहरुको डिस्प्ले,
गोदावरी नगरपालिका-३ मालाखेतीस्थित दक्षिण कटान जाने बाटोको भित्री सडक खण्डबाट १ लाख २९ हजार ६ सय मूल्य बराबरको जर्दा, तुल्सी सुर्ती, गोदावरी-४ बाट १९ हजार ८६५ मूल्य बराबरको नरिवल, प्लाष्टिक झिल्ली, पान छाप सुर्ती, सुपर पावर सुर्ती, सलाई र धनगढी-७ सरस्वती स्कुल नजिकबाट ६ हजार मूल्य बराबरको प्याज फेला पारेको प्रहरीले बताएको छ ।
जिल्ला प्रहरी कार्यालय कैलाली र मातहतबाट खटिएको प्रहरी टोलीले जिल्लाका भारतीय नाकाहरुबाट भन्सार छलीको अवैध सामानहरु फेला पारेर बरामद गरी आवश्यक कारबाहीको लागि त्रिनगर भन्सार कार्यालय कैलाली पठाउने कार्य भइरहेको जनाएको छ

प्रतिकृया दिनुहोस्