१४ भाद्र २०८१, शुक्रबार १४:४४
धनगढी। जिल्लाको मेलौली नगरपालिका–९ असुर कल्मटाका गजीदत्त भट्टकी १७ वर्षीया छोरी प्रमिला भट्ट अकालमै निधन भएको हो। विहीबार राति भट्टको घरमै निधन भएको हो। साँझको समयमा एक्कासी पेट दुखेको थियो।
स्थानीय विशालपुर माध्यमिक विद्यालयमा कक्षा ७ मा अध्ययनरत प्रमिलाको निधनले विद्यालय परिवार शोकमा डुबेको छ। प्रमिलाको निधनमा विद्यालयले आइतवार शोकविदा दिने भएको छ। प्रमिलाको निधन भएपछि गौरा सेलाउने काम समेत नभएको वडा नम्बर ९ का वडा सचिव हिमालसिंह भाटले बताए।

प्रतिकृया दिनुहोस्