१७ भाद्र २०८१, सोमबार १२:२६
धनगढी। डडेल्धुरामा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । परशुराम नगरपालिका–१० बागथलीका अन्दाजी ४० वर्षीय अम्मरबहादुर विष्टको चट्याङ लागेर मृत्यु भएको वडाध्यक्ष राजकुमार भाटले बताए ।
उनी आज बिहान स्थानीय धरमपानी सामुदायिक वनमा मृत अवस्थामा पाइएका वडाध्यक्ष भाटले बताए । आइतबार बाख्रा चराउन गएका विष्ट साँझसम्म घर नफर्केपछि खोजी गरिएको थियो । घटनाबारे थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय जोगबुडाबाट प्रहरी टोली खटिएको छ ।

प्रतिकृया दिनुहोस्