८ फाल्गुन २०८१, बिहीबार १६:४१
फागुन ८-धनगढी
उपमहानगरपालिका वडा नम्बर १ त्रिवेणी चोक पूर्व शैलेश्वरी क्याम्पस जाने सडक हिलाम्मे भएको छ । निर्माणाधीन सो सडकमा खानेपानीको पाइप फुटेको र मर्मतका लागि कसैले चासो नदिँदा यस्तो अवस्था आएको हो । खानेपानीको पाइप फुटेर सडक हिलामे भएपनि मर्मतका लागि कसैले चासो दिएका छैनन् । सडक निर्माणका क्रममा खानेपानीको पाइप फुटेको स्थानीयले बताए । पाइप मर्मत गरेर बाटो सुधार गरिदिन सडक निर्माण कम्पनी, वडा कार्यालय र खानेपानी कार्यालयमा पटकपटक आग्रह गर्दा पनि कुनै सुनुवाइ न भएको।

प्रतिकृया दिनुहोस्