११ फाल्गुन २०८१, आईतवार १९:१३
स्वर्गीय श्री निर्मल ओझाले २०५८ सालमा स्थापित गरेको ईमरल्ड एकेडेमी धनगढीले आफ्नो २३ओैं वार्षिकोत्सव विद्यालयको प्रधानाध्यापक श्री शशी भूषण पाठकको सभापतित्वमा / अध्यक्षतामा धनगढी उपमहानगरपालिका वडा नं -०३ का वडा अध्यक्ष श्री राज ऐर जि प्रमुख अतिथि २३ ओं वार्षिकोत्सब मनाएको छ र वार्षिकोत्सबकै अवसरमा आफ्ना सम्पूर्ण विद्यार्थी सुरक्षा एवम् अभिभावकको सहजताका लागि १०००००/- सम्मको २४ सै घण्टे दुर्घटना विमा गरेको छ, बिमा प्रदायक निको इन्स्योरेन्स ।
वार्षिकोत्सबकै अवसरमा कर्तव्यनिष्ठ,ईमानदार र अत्यन्त मिहनेति २ जना प्रि प्राईमरीकि शिक्षिका तुलसि भट्ट र साबित्रा भट्टलाई प्रमाणपत्र तथा कोट प्रदान गरिएको थियो भने २ जना मा.वि.को शिक्षक सुमित कुमार शर्मा र दिलराम चौधरीलाई नगद धन रासि एव् प्रमाणपत्र प्रदान गरि सम्मानित गरेको छ।

प्रतिकृया दिनुहोस्