२६ चैत्र २०८१, बुधबार १०:३४
कैलाली । कैलालीको अत्तरियामा एक पुरुषको शब भेटिएको छ । इलाका प्रहरी कार्यालय अगाडी रहेको दुर्गा मन्दिर परिसरमा पुरुष को शब भिबत्स अवस्थामा फेला परेको हो ।
ईलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायब उपरिक्षक (डिएसपी) गंगा थापाले दुर्गा मन्दिर परिसरमा पुरुषको शव फेला परेको बताए । उनले शवको पहिचान भैइनसकेको बताउदै अनुसन्धान थालिएको जानकारी दिए ।
यता स्थानियले दिएको जानकारी अनुसार मन्दिर भित्र दुर्गा माताको मुर्ति र मन्दिर वरिपरि खुन लतपतिएको बताएका छन ।

प्रतिकृया दिनुहोस्