८ बैशाख २०८२, सोमबार १९:४०
धनगढीः कैलालीको धनगढीबाट ८ ग्राम ४६० मिलिग्राम लागुऔषधसहित एक जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा कञ्चनपुरको कृष्णपुर नगरपालिका–७ बस्ने मिन बहादु बम रहेका प्रहरीले जनाएको छ।
सोमवार ८ ग्राम ४६० मिलिग्राम लागुऔषधसहित धनगढी–२ सन्तोषीटोल स्थित डेरा गरि बस्दै आएको मीन बहादुर बम पक्राउ परेका हुन। वडा प्रहरी कार्यालय धनगढी र लागुऔषध नियन्त्रण ब्युरो कार्यालय धनगढीबाट खटिएको संयुक्त प्रहरी टोलीले पक्राउ गरेको जनाइएको छ।

प्रतिकृया दिनुहोस्