१० बैशाख २०८२, बुधबार १६:३३
धनगढीः कंचनपुरबाट २किलो३१५ ग्राम चरेससहित एक जना पक्राउ परेका छन्
पक्राउ पर्नेमा कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ बस्ने पदम कार्की रहेका प्रहरीले जनाएको छ।
बुधबार २ किलो ३१५ ग्राम चरेस सहित पदम कार्की पक्राउ परेका हुन। कृष्णपुर २ मा रहेको डिंग्लासैनी होटेलमा छापा मार्दा २ किलो ३१५ ग्राम चरेस बरामद गरेको प्रहरीले जनाएको छ। लागुऔषध नियन्त्रण ब्युरो साखा कार्यालय धनगढी र इलाका प्रहरी कार्यलय झलारी कंचनपुरबाट खटिएको संयुक्त प्रहरी टोलीले पक्राउ गरेको जनाइएको छ।

प्रतिकृया दिनुहोस्