धनगढी – एलाइन्स प्लस टुको आयोजनामा एसईई परीक्षापछि खाली समय बिताइरहेका विद्यार्थीहरूका लागि धनगढीमा फुट्सल प्रतियोगिता सुरु भएको छ। खेल स्वास्थ्यका लागि, खेलाडी राष्ट्रका लागिू भन्ने नाराका साथ सौराई स्क्वायरमा सुरु भएको प्रतियोगितामा धनगढीका विभिन्न शैक्षिक संस्थाका १२ वटा टिमको सहभागिता रहेको छ। प्रतियोगिता जेठ ३१ गते सम्पन्न हुने आयोजकले जनाएका छन्।
धनगढी उपमहानगरपालिका–२ स्थित एलाइन्स प्लस टुले विद्यार्थीहरूको खाली समयको सदुपयोग गर्दै फुटबल तथा फुट्सलमा लुकेका प्रतिभा उजागर गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरेको हो।
प्रतियोगितामा विजेता टिमलाई नगद रु २० हजार र कक्षा ११ मा पूर्ण छात्रवृत्ति, उपविजेता टिमलाई नगद रु १० हजार र ६० प्रतिशत छात्रवृत्ति तथा तृतीय टिमलाई नगद रु २५ सय र २५ प्रतिशत छात्रवृत्ति प्रदान गरिने विद्यालयले जनाएको छ।
एलाइन्स प्लस टुमा कानुन, व्यवस्थापन, कम्प्युटर साइन्स र होटेल म्यानेजमेन्ट संकायमा अध्यापन भइरहेको छ। कलेजले आगामी शैक्षिक सत्रदेखि सन्तोषी टोलस्थित पुरानो भवनबाट एसपिए कलेज नजिकैको श्रीपेच होटेल म्यानेजमेन्ट भवनमा स्थानान्तरण भई अत्याधुनिक सेवासहित कक्षा सञ्चालन गर्ने जनाएको छ।
विद्यालयका प्रिन्सिपल मनोज पन्तले फुट्सल प्रतियोगिताले एसईई परीक्षा दिएर बसेका विद्यार्थीलाई समयको सकारात्मक सदुपयोग गर्न, अनुशासनमा रहन र खेलकुद प्रतिभा उजागर गर्न सघाउने विश्वास व्यक्त गरे ।

प्रतिकृया दिनुहोस्