३१ असार २०८२, मंगलवार ११:१९
धनगढी : धनगढीबाट लागूऔषधसहित एक युवक पक्राउ परेका छन्।
धनगढी उपमहानगरपलिका–३ भन्सार एरियामा चेकजाँच गर्दा कैलालीको गौरीगंगा नगरपालिका–८ बस्ने ३१ वर्षीय उमेश चौधरी लागूऔषधसहित पक्राउ परेका हुन्। चौधरीलाई चेकजाँच गर्दा ९ ग्राम ३५० मिलिग्राम लागूऔषध (खैरो हेरोइन) फेला पारी उक्त पदार्थसहित उनलाई जिल्ला प्रहरी कार्यालय कैलालीको हिरासतमा राखी थप अनुसन्धान भइ रहेको प्रहरीले बताए ।

प्रतिकृया दिनुहोस्