८ श्रावण २०८२, बुधबार २१:००
काठमाडौँ । प्रहरी प्रधान कार्यालयले आरोपीहरूको तस्बिर र भिडियो सार्वजनिक नगर्न देशभरका प्रहरी युनिटहरूलाई सर्कुलर गरेको छ ।
प्रधान कार्यालयले पत्रकार सम्मेलन गर्दा वा सञ्चार माध्यममा सूचना पठाउँदा पक्राउ परेकाहरूको तस्बिर र भिडियो सार्वजनिक नगर्न भनेको हो ।
साउन ५ मा सर्कुलर जारी भएसँगै प्रहरी कार्यालयहरूले आरोपीको फोटो सार्वजनिक गर्न छाडेका छन् । असार १९ मा महान्यायाधिवक्ताको कार्यालयले आरोपीहरूको तस्बिर र भिडियो सार्वजनिक नगर्ने निर्णय गरेको थियो ।

प्रतिकृया दिनुहोस्