धनगढी – सामाजिक उत्तरदायित्व अन्तर्गत एक्सपर्ट एजुकेशन तथा भिसा सर्भिसेस धनगढी शाखाले आफ्नो २२औं वार्षिकोत्सवको अवसरमा “हाइजिन तथा स्टेसनरी सामग्री वितरण कार्यक्रम” सम्पन्न गरेको छ।
सोमबार सम्पन्न कार्यक्रममा गोदावरी नगरपालिका–२, अत्तरियास्थित सामावेशी आधारभूत विद्यालयका नर्सरीदेखि कक्षा ५ सम्मका विद्यार्थीहरूलाई हाइजिन तथा स्टेसनरी सामग्रीहरू वितरण गरिएको हो। विद्यालय नेपाल सरकारबाट दोस्रो शारीरिक रूपमा अपांगता भएका बालबालिकाको पढाइका लागि सञ्चालित विद्यालय हो।
कार्यक्रम अन्तर्गत विद्यार्थीहरूलाई टुथब्रस, टुथपेस्ट, साबुन, श्याम्पु, टावेल, नेलकट्टर, कप, वाटर बोटल लगायतका हाइजिन किट साथै नोटबुक, पेन्सिल, इरेजर, सर्पनर, कलर बक्स, डटपेन लगायतका स्टेसनरी सामग्रीहरू वितरण गरिएको थियो।
कार्यक्रमका क्रममा धनगढी शाखाकी म्यानेजर निलम चौधरीले भनिन्,“हामीले हरेक वर्ष वार्षिकोत्सवको अवसर पारेर कुनै न कुनै सामाजिक कार्य गर्दै आएका छौं। यस वर्ष पनि हामीले विद्यालयका बालबालिकाहरूसँग खुशी साट्न र उनीहरूको व्यक्तिगत सरसफाइ तथा पठनपाठनमा सहयोग पुर्याउन यो कार्यक्रम आयोजना गरेका हौं।”
एक्सपर्ट एजुकेशन तथा भिसा सर्भिसेस एक शैक्षिक परामर्श संस्था हो, जसले सन् २००३ देखि अष्ट्रेलिया, क्यानडा, बेलायत, अमेरिका र न्युजिल्यान्डमा अध्ययनका लागि विद्यार्थी पठाउने सेवामा संलग्न छ।

प्रतिकृया दिनुहोस्