६ बैशाख २०८३, आईतवार ०८:४०
काठमाडौँ । पश्चिम एसियामा जारी द्वन्द्वको प्रत्यक्ष प्रभाव नेपालीको भान्सामा परेको छ । अन्तर्राष्ट्रिय बजारमा डलरको भाउमा भएको वृद्धि र इन्धनको मूल्य बढेसँगै ढुवानी भाडा र सार्वजनिक यातायातको भाडादरमा भएको वृद्धिले सर्वसाधारण उपभोक्ता महँगीको चर्को मारमा परेका छन् ।
यस्तै भान्छामा अत्यधिक प्रयोग हुने खाना पकाउने ग्यासमा भारी वृद्धि भएको छ । जसको प्रत्यक्ष असर सहरी क्षेत्रमा बसोबास गर्ने उपभोक्ताको भान्छामा परेको छ । यस्तै पछिल्लो समय खाद्यान्न तथा तरकारी र फलफूलमा पनि अत्यधिक रूपमा मूल्य वृद्धि देखिएको छ ।
पछिल्लो ६ महिना (२०८२ मङ्सिर देखि २०८३ वैशाख १ सम्म) को बजार विश्लेषण गर्दा नेपाली भान्सामा अनिवार्य मानिने खाद्यान्न, तेल र तरकारीको मूल्यमा अस्वाभाविक वृद्धि देखिएको हो ।

प्रतिकृया दिनुहोस्