१९ जेष्ठ २०८१, शनिबार २१:२५
धनगढी । हावाहुरीले मिलको छानो उडाउँदा डडेलधुराकी एक महिला गम्भीर घाइते भएकी छिन् । शनिवार साँझ चलेको हावाहुरीले तोरी पेल्ने मिलको छानो उडाउँदा डडेलधुरा आलिताल ४ बेल माडीकी ४१ बर्षिय गोमती बोहरा गम्भीर घाइते भएकी हुन् । गम्भीर घाइते बोहराको धनगढी चौराह स्थित के.जि अस्पतालमा उपचार भइरहेको छ ।
सोही गाउँपालिकाको वडा नम्बर ८ मौरी बजारमा नरेन्द्र सिंह महराले संचालन गरेको तोरी पेल्ने मिलमा गएको समयमा एक्कासी चलेको हावाहुरीले मिलको छानो उडाउँदा टिनले बोहरालाई गम्भीर चोट लागेको केजी अस्पतालले जानकारी दिएको छ । महिलाको मिलको छानोमा प्रयोग गरिएको टिनको पाता लागेर टाउको,घाँटी र मेरुदण्डको हड्डीमा चोट लागेको बताइएको छ । उनी तोरी मिल गएकी थिइन् ।

प्रतिकृया दिनुहोस्