२२ जेष्ठ २०८१, मंगलवार १०:४२
धनगढी । नेकपा एमाले को धनगढी उपमहानगर कमिटीको अध्यक्षमा अम्बिका विष्ट र उपाध्यक्षमा पर्वत चौधरी अत्याधिक मत मतले विजयी भएका छन् । अध्यक्षमा विष्टले १२८ मत र उपाध्यक्षमा चौधरीले १०६ मत पाएका छन् ।
अध्यक्षका निकटतम् प्रतिद्वन्द्वी कमलसिंह रानाले ६९ र मदनराज रेग्मीले ४७ मत पाए । उपाध्यक्षका निकटतम् प्रतिद्वन्द्वी प्रेमबहादुर महराले ९५ र ऐन सिंहले ३५ मत पाए ।
सचिवमा युवा नेता चन्द्रप्रकाश जोशी विजयी भएका छन् । उनले ११५ मत पाए । भने उनका प्रतिद्वन्द्वी अभिषेक नाथ लोकले ८१ र छेदालाल चौधरीले ३८ मत पाए ।
यस्तै दुई उपसचिवमा सरस्वती चन्द र जनक ढकाल विजयी भए । चन्दले १०८ र ढकालले १०३ मत पाएका थिए ।

प्रतिकृया दिनुहोस्