२ असार २०८१, शनिबार २०:१२
धनगढी । धनगढीको एलाइन्स इन्टरनेशनल स्कुलमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । आज शनिबार विद्यालय प्रांगणमा सम्पन्न रक्तदान कार्यक्रममा १५ जनाले रक्तदान गरेका छन् ।
रक्त संचार केन्द्रमा रगतको अभाव भई विरामीलाई समस्या भइरहेको अवस्थालाई मध्यनजर गर्दै एलाइन्स स्कुलले रक्तदान कार्यक्रम आयोजना गरेको प्रिन्सिपल मनोज पन्तले बताए । रक्तदान कार्यक्रममा विद्यालयका प्रबन्ध निर्देशक,प्रिन्सिपल,शिक्षकहरु,अभिभावक तथा रक्त दाताहरुले रक्तदान गरेका थिए ।
कक्षा १२ सम्म संचालित एलाइन्स स्कुलले पढाई संग विभिन्न सामाजिक कार्यहरु समेत गर्दै आएको छ ।

प्रतिकृया दिनुहोस्