धनगढी । सुदुरपश्चिम प्रदेश स्तरीय प्रदेश युवा परिषद् एसईई आइडल सिजन ३ मा नृत्य र गायन तर्फ अत्तरिया को दुर्गा लक्ष्मी माध्यामिक विद्यालयका अनु देउवा र कामना देउवा विजेता बनेका छन् । असार १ गते धनगढीको ओम प्यालेसमा सम्पन्न सिजन ३ को फाइनलमा नृत्य तर्फ अनु देउवाले १५ जना र गायन तर्फ कामना देउवाले १६ जना प्रतिस्पर्धीलाई पछि पार्दै विजेता बन्न सफल भएका छन् । नृत्य र गायन तर्फका विजेता अनु र कामना नगद रु ५० र५० हजार सहित मेडल,ट्रफी र प्रमाण पत्र प्राप्त गरे ।
त्यसैगरि नृत्य तर्फ उग्रतारा बाल विद्यालय बेलौती की सन्ध्या थापा मगर उपविजेता बनेकी छन् । उनले नगद २५ हजार सहित मेडल,ट्रफी र प्रमाण पत्र प्राप्त गरेकी छन् । गायन तर्फ धनगढीको ऐश्वर्य विद्या निकेतनकी मनि महता उपविजेता बनेकी छन् । उनले पनि नगद २५ हजार सहित मेडल ट्रफी र प्रमाण पत्र प्राप्त गरेकी छन् ।
एसईई आइडल सिजन ३ मा प्रदेश भिर का विभिन्न विद्यालयमा गत बर्षको असोज देखि फागुन सम्म गरिएका ३० वटा अडिसनमा कक्षा १० मा अध्ययनरत ३०० जना विद्यार्थी सहभागि भएका थिए । नृत्य र गायन दुवै विधाका ३ सय जना प्रतिस्पर्धी मध्ये ६७ जनाले सेमिफाइनलमा स्थान सुरक्षित गरेका थिए । बैशाख १५ गते धनगढीको ओम प्यालेसमा सम्पन्न सेमिफाइनलबाट नृत्य तर्फ उत्कृष्ट १६ र गायन तर्फ उत्कृष्ट १७ जना प्रतिस्पर्धी फाइनल प्रबेश गरेका थिए ।

प्रतिकृया दिनुहोस्