५ असार २०८१, मंगलवार १८:२६
धनगढी । धनगढी उपमहानगरपालिकाले असार ७ गते सम्म विद्यालयमा गर्मी बिदा दिने निर्णय गरेको छ । उपमहानगरपालिकाले एक सुचना जारी गर्दै असार ५ गतेदेखि ७ गतेसम्म उपमहानगरपालिका भित्रका विद्यालयहरुमा बिदा दिने जानकारी गराएको हो ।
पछिल्लो समय गर्मी बढ्दै गएकाले बालबालिका तथा विद्यार्थीहरुको स्वास्थ्यमा नकरात्मक असर पर्न सक्ने प्रतिकुल असरलाई मध्यनजर गरि बर्षे बिदाबाट मिलान गर्ने गरि बिदा दिइएको सुचनामा उल्लेख गरिएको छ । असार ८ गते शनिबार परेकाले धनगढीका विद्यालयहरु असार ९ गतेदेखि संचालनमा आउने छन् ।


प्रतिकृया दिनुहोस्