धनगढी । चौधरी फाउन्डेसनले कैलालीको अत्तरियामा रहेको सुप समावेशी आधारभुत विद्यालयमा शैक्षिक सामाग्री वितरण गरेको छ । आज एक कार्यक्रमका बिच फाउन्डेसनमा अध्ययनरत करिब ७० जना अपाङ्गता भएका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री हस्तान्तरण गरिएको हो । विद्यार्थीहरुलाई लेखपढ गर्न अत्यावश्यक कापी,कलम,वर्णमाला,औजार प्रदान गरिएको जनाइएको छ ।
चौधरी ग्रुपका सुदुर पश्चिम प्रदेश प्रमुख योगेन्द्र भट्टले चौधरी ग्रुपले लामो समय देखि विभिन्न रुपमा चाहे भुकम्प या बाढी पहिरो पीडितहरुलाई सहयोग गर्दै आएको बताए । उनले समावेशी आधारभुत विद्यालयमा सहयोग गर्न पाउँदा खुसी भएको बताउँदै आगामी दिनमा पनि सहयोग गर्ने प्रतिबद्धता जनाए ।
त्यस्तै चौधरी ग्रुप अन्तर्गत सिजि फुड्स का सुदुर पश्चिम प्रदेश प्रमुख नेत्र प्रसाद अर्यालले चौधरी ग्रुपले सामाजिक उत्तरदायित्व अन्तरगत यस विद्यालयलाई छनौट गरेको बचाए । कार्यक्रमका सभा अध्यक्ष विद्यालय व्यवस्थापन समिति अध्यक्ष विश्ना बोहराले यस विद्यालयलाई नमुना विद्यालय बनाउने उदेश्य रहेको बताए ।
गोदावरी वडा नं २ का वडा सदस्य डबल सिंह साउदको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रम विद्यालयका संस्थापक अध्यक्ष मान बहादुर साउदले संचालन गरेका थिए ।
अपाङ्गता भएका बालबालिकाको उचित शैक्षिक आवश्यकतालाई महसुस गरेर प्रदेशमै पहिलोपटक ‘सुप’ समावेशी आधारभूत विद्यालयको स्थापना भएको हो। यस विद्यालयले अपाङ्गता भएका बालबालिकालाई आवाससहित शिक्षाको सुविधा प्रदान गर्न थालेपछि अपाङ्गता भएका बालबालिकालाई राहत महसुस भएको बताइएको छ ।

प्रतिकृया दिनुहोस्