अन्तराष्ट्रिय
आँबुखैरेनी दुर्घटनाः १४ जनाको शव निकालियो
धनगढी। तनहुँको ऐनापहरामा भएको बस दुर्घटनामा कम्तीमा १४ जनाको मृत्यु भएको छ। सशस्त्र प्रहरी बल (एपीएफ) प्रवक्ता कुमार न्यौपानेले १४ जनाको शव निकालिएको जानकारी दिए। भीर भएका कारण तुइन रोपको सहायताले बास्केट स्टेचरमा राखेर घाइते र मृतकलाई सडकसम्म ल्याउने काम भइरहेको एपीएफले जनाएको छ। उद्धारमा १० गोताखोरसहित सशस्त्र प्रहरीको ८० जनाको टोली खटिएको छ। प्रहरी […]
पूरा पढ्नुहोस्
ट्रम्पको चुनावी अभियानमा इरानको साइबर आक्रमण
काठमाडौं । अमेरिकाको कट्टर विरोधी इरानले राष्ट्रपति पदको निर्वाचन अभियान ह्याक गरेको पुष्टि भएको छ । एक हप्ता अघि नै डोनाल्ड ट्रम्पका अभियन्ताले साइबर महला भएको बताए पनि सरकारी अधिकारीहरुबाट पुष्टि भएको थिएन । तर अमेरिकाको संघीय अनुसन्धान व्युरो ९एफबीआई०ले पनि त्यसको पुष्टि गरेको बीबीसीले जनाएको छ । एफबीआई र अन्य संघीय एजेन्सीहरुले संयुक्त विज्ञप्ति […]
पूरा पढ्नुहोस्
क्रोएसियामा नर्सिङ होममा गोली चल्दा ६ जनाको मृत्यु
काठमाडौं । क्रोएसियाको एक स्याहार केन्द्र (नर्सिङ होम)मा गोली चल्दा ६ जनाको मृत्यु भएको छ । स्थानीय समयअनुसार सोमबार बिहान १० बजेर १० मिनेटमा एक व्यक्ति नर्सिङ होममा प्रवेश गरी वृद्धवृद्धाहरुमाथि अन्धाधुन्द गोली चलाएका थिए । यो घटनामा ५ जनाको घटनास्थलमै र एक जनाको उपचारको क्रममा मृत्यु भएको बीबीसीले जनाएको छ । घटनामा केही घाइते […]
पूरा पढ्नुहोस्
अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पलाई गोली लाग्यो
काठमाडौं । अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि गोली प्रहार भएको छ ।गोली लागे पनि उनी सुरक्षित रहेको अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुले जनाएका छन् । घटनास्थलको तस्वीरहरुमा ट्रम्पको काननेरबाट गालासम्म रगत बगेको देखिन्छ । उनलाई सुरक्षा टोलीले त्यहाँबाट अस्पताल पुर्याएका थिए ।पेन्सिलभेनियाको ग्रेटर पिट्सबर्ग क्षेत्रको बटलर काउन्टीमा चुनावी र्याली गरिरहेका बेला ट्रम्पमाथि गोली प्रहार भएको थियो । […]
पूरा पढ्नुहोस्
आइओएफद्वारा लगातार ४० प्यालेस्टिनीको हत्या
गाजा । इजरायली कब्जाकारी सेना ९आइओएफ० ले गाजा पट्टीमा सन् २०२३ अक्टोबर ७ मा आफ्नो नरसंहारको सुरुआतदेखि कम्तीमा ३८ हजार एक सय ९३ जना प्यालेस्टिनी नागरिकको हत्या गरेको र कम्तीमा ८७ हजार नौ सय तीनलाई घाइते बनाएको छ । प्यालेस्टिनी समाचार एजेन्सी वाफाले आइओएफले गत २४ घण्टामा ४० जना प्यालेस्टिनी नागरिकको हत्या गरेको रिपोर्ट गरेको […]
पूरा पढ्नुहोस्
बेलायतको चुनावमा लेबर पार्टीलाई बहुमत
काठमाडौं । बेलायतको चुनाव जित्दै लेबर पार्टी १४ वर्षपछि सत्तामा फर्किएको छ । कियर स्टार्मर नेतृत्वको लेबर पार्टीले सरकार बनाउनका लागि आवश्यक ३२६ सिटको आँकडा पार गरिसकेको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुका अनुसार शुरुआती नतिजामा लेबर पार्टीले ३४४ सिट जितिसकेको छ । तर वर्तमान प्रधानमन्त्री ऋषि सुनकको कन्जरभेटिभ पार्टीले यो समाचार तयार पार्दासम्म ७२ सिट […]
पूरा पढ्नुहोस्
दक्षिण कोरियामो ह्वासेओङको ब्याट्री कारखानामा विस्फोट हुँदा २२ जनाको मृत्यु
काठमाडौँ । दक्षिण कोरियाको एक लिथियम ब्याट्री कारखानामा आज आगलागी भएको छ । आगलागीमा परी २२ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा १८ चिनियाँ नागरिक रहेका छन् । दमकल विभागबाट प्राप्त जानकारी अनुसार १ जना बेपत्ता रहेका छन् । विभागका अधिकारी किम जिन यङले शवहरू नराम्ररी जलेकाले पहिचान गर्न समय लाग्न सक्ने बताए। उनले […]
पूरा पढ्नुहोस्
उत्तर भारतमा गर्मीको कहर, यूपी–बिहारमा गर्मीका कारण १०७ जनाको मृत्यु
नयाँ दिल्ली । भारतका उत्तरी राज्यहरूमा तातो लहर जारी छ। आईएमडीले उत्तर प्रदेश, हरियाणा, दिल्ली, चंडीगढ़, जम्मू, हिमाचल प्रदेश, पञ्जाब, राजस्थान, बिहार र झारखण्डमा तातो लहरको चेतावनी जारी गरेको छ। सोमबार लगातार दोस्रो दिन प्रयागराज देशकै सबैभन्दा तातो सहर बनेको थियो । यहाँको तापक्रम ४७ डिग्रीभन्दा माथि रेकर्ड गरिएको हो । उत्तर प्रदेशमा गर्मीका कारण […]
पूरा पढ्नुहोस्
५४३ क्षेत्रकै नतिजा आउँदा बहुमतबाट चुक्यो भाजपा, कुन दलले कति सिट जिते ?
धनगढी । भारतको लोकसभा चुनावको मतगणना सम्पन्न भएको छ। मंगलबार बिहान ८ बजेदेखि मतगणना सुरू भएकोमा बुधबार बिहानसम्म ५४३ वटै क्षेत्रको मतगणना सम्पन्न भएको छ। गुजरातको सुरत लोकसभा सिटमा भाजपा उम्मेदवार निर्विरोध निर्वाचित भएका थिए। त्यहाँ कंग्रेसको उम्मेदवारी रद्द भएपछि अन्य दल र स्वतन्त्रहरूले उम्मेदवारी फिर्ता लिएका थिए। यसपालि भाजपा एनडिए र कंग्रेस आईले इन्डिया […]
पूरा पढ्नुहोस्
भारतमा लोक सभा निर्वाचनको मतगणना आज, यी भीआईपी सिटमा हुनेछ चासो
काठमाडौं । भारतको १८औं लोक सभा निर्वाचनको मतगणना आजदेखि सुरु हुँदै छ । मतगणना स्थानीय समय अनुसार बिहान ८ बजेदेखि सुरु गर्ने निर्वाचन आयोगले जनाएको छ । लोक सभाका ५४२ सिटको नतिजालाई निकै चासोका साथ हेरिएको छ । लोक सभा निर्वाचनमा भाजपा नेतृत्वको एनडीए गठबन्धन र कांग्रेस नेतृत्वको इन्डिया गठबन्धन मुख्य प्रतिस्पर्धामा छन् । निर्वाचन […]
पूरा पढ्नुहोस्