समाचार
यात्रुवाहक बस मर्स्याङ्दी नदीमा खस्यो
तनहुँ । तनहुँमा यात्रुवाहक बस मर्स्याङ्दी नदीमा खसेको छ । आँबुखैरेनी गाउँपालिका वडा नम्बर २ स्थित ऐनापहरामा बा२ ख १०७७ नम्बरको यात्रुवाहक बस दुर्घटनामा परेको हो । नारायणगढबाट गोर्खा जाँदै गरेको मर्स्याङ्दी नदीमा खसेको सशस्त्र प्रहरीका सहायक प्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए । बस दुर्घटना भएको स्थानीयले जानकारी गराएपछि उद्धारका लागि सशस्त्र प्रहरी बल […]
पूरा पढ्नुहोस्
एक्सपर्ट एजुकेशनले २२ औं वार्षिकोत्सवको अवसरमा “हाइजिन तथा स्टेसनरी सामग्री वितरण कार्यक्रम”सम्पन्न
धनगढी – सामाजिक उत्तरदायित्व अन्तर्गत एक्सपर्ट एजुकेशन तथा भिसा सर्भिसेस धनगढी शाखाले आफ्नो २२औं वार्षिकोत्सवको अवसरमा “हाइजिन तथा स्टेसनरी सामग्री वितरण कार्यक्रम” सम्पन्न गरेको छ। सोमबार सम्पन्न कार्यक्रममा गोदावरी नगरपालिका–२, अत्तरियास्थित सामावेशी आधारभूत विद्यालयका नर्सरीदेखि कक्षा ५ सम्मका विद्यार्थीहरूलाई हाइजिन तथा स्टेसनरी सामग्रीहरू वितरण गरिएको हो। विद्यालय नेपाल सरकारबाट दोस्रो शारीरिक रूपमा अपांगता भएका बालबालिकाको पढाइका […]
पूरा पढ्नुहोस्
आरोपीहरूको तस्बिर सार्वजनिक नगर्न प्रहरी प्रधान कार्यालयको सर्कुलर
काठमाडौँ । प्रहरी प्रधान कार्यालयले आरोपीहरूको तस्बिर र भिडियो सार्वजनिक नगर्न देशभरका प्रहरी युनिटहरूलाई सर्कुलर गरेको छ । प्रधान कार्यालयले पत्रकार सम्मेलन गर्दा वा सञ्चार माध्यममा सूचना पठाउँदा पक्राउ परेकाहरूको तस्बिर र भिडियो सार्वजनिक नगर्न भनेको हो । साउन ५ मा सर्कुलर जारी भएसँगै प्रहरी कार्यालयहरूले आरोपीको फोटो सार्वजनिक गर्न छाडेका छन् । असार १९ […]
पूरा पढ्नुहोस्
आज साउनको पहिलो सोमबार : किन गरिन्छ शिवजीको पूजा तथा आराधना ?
धनगढी। श्रावण महिना शिवभक्तहरूको विशेष महिना मानिन्छ । श्रावण महिनाको विधिपूर्वक सोमबार व्रत गर्नुपर्दछ । समर्थ व्यक्तिले उपवास गर्नुपर्दछ । अथवा नक्तभोजन गर्नुपर्दछ । विशेष गरेर प्रदोष आदि गुणले सम्पन्न श्रावणको सोमबारका दिन शिव पूजाको ठुलो महत्त्व छ । प्रदोष आदि नभए पनि सोमबारका दिन शिवको पूजा तथा आराधना गर्नुपर्दछ । यसरी जसले श्रावणको सोमबारका […]
पूरा पढ्नुहोस्
शिक्षकको रहस्यमय मृत्यु भएपछि तीन जना पक्राउ
धनगढी । कैलालीमा एक शिक्षकको रहस्यमय मृत्यु भएपछि तीन जनालाई पक्राउ गरिएको छ। जानकी गाउँपालिका–४ को जनता नमुना माध्यमिक विद्यालयमा कार्यरत ४५ वर्षीय शिक्षक जगदीश पन्तको शङ्कास्पद मृत्यु भएको प्रहरीले जनाएको छ। घटनापछि अनुसन्धानका लागि तीन जनालाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ। पक्राउ परेका व्यक्तिको नाम भने प्रहरीले सार्वजनिक गरेको छैन । पेय पदार्थमा […]
पूरा पढ्नुहोस्
घट्यो पेट्रोलियम पदार्थको मूल्य
काठमाडौँ । पेट्रोलियम पदार्थको मूल्य घटेको छ । नेपाल आयल निगमका अनुसार पेट्रोल ५ रुपैँयाले घटेको हो भने डिजेल १ रुपैयाँले घटेको हाे । बुधबारदेखि लागू हुनेगरी पेट्राेलियम पदार्थकाे मूल्य घटाइएकाे निगमले जनाएकाे छ ।
पूरा पढ्नुहोस्
धनगढीमा विश्वस्तरीय शिक्षा मेला, छात्रवृत्ति देखि IELTS छुटसम्म
धनगढी – एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेस धनगढीले यही १६ जुलाई २०२५ अर्थात् भोली असार ३२ गते धनगढीमा ग्लोबल एजुकेशन एक्सपो आयोजना गर्न लागेको छ। कार्यक्रम धनगढीस्थित आफ्नै अफिसमा बिहान १० बजेबाट दिउँसो ३ बजेसम्म सञ्चालन हुनेछ। प्रवेश निःशुल्क रहने आयोजकले जनाएको छ। एक्सपोमा अस्ट्रेलिया, क्यानाडा, युके, अमेरिका र न्युजिल्याण्डका प्रतिष्ठित कलेज तथा विश्वविद्यालयका प्रतिनिधिहरू सहभागी […]
पूरा पढ्नुहोस्
धनगढीबाट लागूऔषधसहित एक युवक पक्राउ
धनगढी : धनगढीबाट लागूऔषधसहित एक युवक पक्राउ परेका छन्। धनगढी उपमहानगरपलिका–३ भन्सार एरियामा चेकजाँच गर्दा कैलालीको गौरीगंगा नगरपालिका–८ बस्ने ३१ वर्षीय उमेश चौधरी लागूऔषधसहित पक्राउ परेका हुन्। चौधरीलाई चेकजाँच गर्दा ९ ग्राम ३५० मिलिग्राम लागूऔषध (खैरो हेरोइन) फेला पारी उक्त पदार्थसहित उनलाई जिल्ला प्रहरी कार्यालय कैलालीको हिरासतमा राखी थप अनुसन्धान भइ रहेको प्रहरीले बताए ।
पूरा पढ्नुहोस्
५ ग्राम ६७० मिलिग्राम लागूऔषधसहित ४ जना पक्राउ
धनगढी- कैलालीमा लागूऔषधसहित ४ जना पक्राउ परेका छन्। भजनी नगरपालिका–५ लालबोझी स्थित भारतबाट नेपाल तर्फ आउदै गरेको से ३ प ९२६३ नम्बरको मोटरसाइकललाई शंका लागि चेकजाँच गर्दा चालक भजनी नगरपालिका–४ बस्ने २५ वर्षीय मनोज चौधरी र मोटरसाइकल पछाडी सवार २१ वर्षका बिक्रम चौधरीको साथबाट ३ ग्राम ९६० मिलिग्राम र ग ६ प ८३७९ नम्वरको मोटरसाइकललाइ […]
पूरा पढ्नुहोस्
बलात्कार आरोपित व्यक्तिको विद्यालयसँग औपचारिक सम्बन्ध छैन-त्रिनगर माध्यमिक विद्यालय प्रशासनको भनाइ
धनगढी – त्रिनगर माध्यमिक विद्यालय धनगढीले केही अनलाइन मिडियामा आएको विद्यालयप्रति बलात्कार जस्तो गम्भीर आरोप सम्बन्धी समाचारप्रति गम्भीर आपत्ति जनाएको छ। विद्यालय प्रशासनले एक प्रेस विज्ञप्ति जारी गर्दै घटनामा मुछिएका व्यक्ति विद्यालयको शिक्षक वा प्रशिक्षक नभएको स्पष्ट पारेको छ। विद्यालयका प्रधानाध्यापक भूपाल सिंह खड्काका अनुसार, ती व्यक्ति विद्यालयका पूर्वविद्यार्थी हुन्, जसलाई विद्यालयको पठनपाठन समयपछि खेल मैदान […]
पूरा पढ्नुहोस्