१८ असार २०८१, सोमबार १८:२५
धनगढी । नागरिक उन्मुक्ति पार्टी नाउपाको संसदीय दलको नेता हेरफेर भएको छ । केन्द्रीय अध्यक्ष समेत रहेकी रञ्जिता श्रेष्ठलाई दलको नेताबाट हटाउँदै बहुमत सांसदले गङ्गा चौधरीलाई दलको नेता चयन गरेका छन्।
चौधरी यसअघि प्रमुख सचेतक थिए । प्रमुख सचेतक रहेका चौधरीलाई दलको नेता चयन गर्दै प्रमुख सचेतकको जिम्मेवारी लालवीर चौधरीलाई दिने निर्णय भएको छ । लालवीर चौधरी रेशम चौधरीका बुवा हुन्। नाउपा केन्द्रमा चार सांसद छन्। ती मध्ये तीन जनाले उक्त निर्णयमा हस्ताक्षर गरेका छन्।
गङ्गा चौधरी, अरुण चौधरी र लालवीर चौधरीले नाउपा संसदीय दलको नेताबाट रञ्जिता श्रेष्ठलाई हटाउँदै गंगा चौधरीलाई जिम्मेवारी दिने निर्णयमा हस्ताक्षर गरेका छन् भने रञ्जिता चौधरीको हस्ताक्षर छैन।

प्रतिकृया दिनुहोस्