४ श्रावण २०८१, शुक्रबार ०८:५१
धनगढी । कैलालीमा लागूऔषधसहित एक जना पक्राउ परेका छन्।
जिल्लाको भजनी नगरपालिका-३ कुसमघाटबाट टीकापुर नगरपालिका-१ बस्ने ४० वर्षीय लेखराम चौधरी पक्राउ परेका हुन्। चौधरीलाई ९ सय ६० मिलिग्राम लागूऔषध (खैरो हिरोईन)सहित फेला पारी नियन्त्रण लिएको प्रहरी चौकी जनकपुरले जनाएको छ। यस विषयमा थप अनुसन्धान भईरहेको प्रहरीले बताएको छ।

प्रतिकृया दिनुहोस्