६ श्रावण २०८१, आईतवार ०६:५८
काठमाडौं । सरकारी जागिरमा लागु भएको कोटा बिरोधी आन्दोलनबाट असर परेका ८०० नेपाली स्वदेश फर्किएका छन्।
परराष्ट्र मन्त्रालयका अनुसार शनिबार स्थल तथा हवाई माध्यमबाट ती विद्यार्थी नेपाल आएका हुन् ।
उनीहरुलाई नेपाली राजदूतावासले सहजिकरण गरेको थियो । गत जेठबाट सुरु भएको आन्दोलनमा कम्तिमा १५० को ज्यान गएको छ भने बङ्गलादेशमा सैन्य कर्फ्यू लागु गरिएको छ ।
इन्टरनेट सेवा बन्द गरिएको छ । यस अगाडि ढाकास्थित नेपाली राजदूतावासले साह्रोगाह्रो परेकालाई सहयोग गर्न एक सूचना प्रकाशन गरेर नम्बर सार्वजनिक गरेको थियो।

प्रतिकृया दिनुहोस्