२० श्रावण २०८१, आईतवार ०७:३२
धनगढी । आज सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी बर्षाको सम्भावना रहेको पूर्वानुमान गरिएको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वनुमान महाशाखाका अनुसार आज दिउँसो सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।
२४ घण्टाको अवधिमा ५० भन्दा माथि १०० मिलिमिटरसम्म पानी पर्नुलाई भारी वर्षा भएको मानिन्छ ।साथै केही ठाउँमा चट्याङ्गसहित वर्षा हुने सम्भावान छ ।
हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ । देशभर आंशिकदेखि साधारणतया बदली भएको छ । जसका कारण गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा हल्का वर्षा भइरहेको छ ।
आगामी २४ घण्टामा केही ठाउँमा भारी वर्षा हुनुका साथै चट्याङको सम्भावना रहेकोले सतर्क रहन विभागले अनुरोधसमेत गरेको छ ।

प्रतिकृया दिनुहोस्