भदौ २३ धनगढि । धनगढी लेडि जेसिजले दिप प्रज्वलन गरि सम्बिधान दिवस मनायको छ । बिहिबार लेडि जेसिजले धनगढिको सहिद गेटमा दिप प्रज्वलन गरेर संविधान दिवस मनायको हो ।धनगढी लेडि जेसिज शुशिला निरौला को अध्यक्षता मा दिप प्रज्वलन गरिएको थियो। नेपाल सरकारले संविधान दिवस (राष्ट्रिय दिवस), २०८१ तीन दिनसम्म विभिन्न कार्यक्रम गरी विशेष रुपमा मनाउने निर्णय अनुसार लेडि जेसिजले पनि संविधान दिवसमा दिप प्रज्वलन गरेको हो । संविधानसभाबाट नेपालको संविधान २०७२ असोज ३ गते जारी भएको ऐतिहासिक दिनलाई स्मरणीय र हर्षोल्लासका साथ दिवसका रुपमा मनाउन थालियको हो ।असोज २, ३ र ४ गते तीन दिनसम्म नेपालभित्र र विदेशस्थित नेपाली दूतावास तथा नियोगहरुमा दीपावली लगायत कार्यक्रम गर्ने तथा असोज ३ गते संविधान दिवस मनाउने नेपाल सरकार्ले निर्णय गरेको हो । असोज २ गते सङ्घीय सरकार तथा केन्द्रीयस्तरका कार्यक्रम अन्तर्गत संविधानका विषयमा केन्द्रित विशेष संवाद, परिसंवाद, रेडियो नाटक लगायत जनचेतनामूलक कार्यक्रमहरूको निर्माण, सञ्चालन तथा प्रसारण गरियको छ । रेडियो नेपाल, नेपाल टेलिभिजन, सामुदायिक एवं निजी क्षेत्रका अन्य विद्युतीय तथा छापा सञ्चार माध्यमहरूबाट संविधानको महत्वको बारेमा कार्यक्रम प्रसारण÷प्रकाशन गरियका छन । यस्तै, सम्पूर्ण सरकारी निकाय, प्रतिष्ठान, सङ्घसंस्थाका कार्यालयहरूको छत, बरन्डा र परिसरमा राष्ट्रिय झन्डा सजाइएका छन । सबै सरकारी तथा गैरसरकारी कार्यालयमा दीप प्रज्वलन गरियको छ । आम नागरिकले पनि आ–आफ्नो घरको छत, बरन्डामा राष्ट्रिय झन्डा सजाउनका साथै साँझ दीपावली गरेर संविधान दिवस मनायका छन।

प्रतिकृया दिनुहोस्