१० मंसिर २०८१, सोमबार १४:४९
धनगढी, १० मंसिर
धनगढीको इन्टरनेसनल मोडेल स्कुलले शिक्षक कर्मचारी र विद्यार्थीका लागि सामूहिक विमा गर्दा आज एक जना विद्यार्थीलाई उपचार खर्च प्राप्त भएकोे छ।
स्कूलले नेको इन्स्योरेन्ससँग सम्झौता गरी जुनसुकै बेला घाइते वा विरामी भएर अस्पतालमा उपचार गर्नु परे विद्यार्थी, कर्मचारी र शिक्षकलाई एक लाखसम्मको उपचार खर्च उपलब्ध गराउने गरेकाे छ। सो विद्यालयमा अध्ययनरत एल के जी की छात्रा सोनिया कठायतको हात भाँचिएकोमा
सोही सम्झौताअनुसार उपचारपछि उनको उपचारमा लागेको 32 हजार 6 सय 25 रुपैयाँ इन्स्योरेन्सले उपलब्ध गराएको छ ।
सो रकम विद्यालयका प्रिन्सिपल मनोज पन्तले सोनियाका अभिभावकलाई हस्तान्तरण गरेका छन् । यस बीमा कार्यक्रमले विद्यार्थी शिक्षक तथा कर्मचारीलाई अप्ठ्यारो परेका बेलामा ठूलो राहत उपलब्ध हुने उनले बताए ।

प्रतिकृया दिनुहोस्