धनगढी । धनगढीको एलाइन्स इन्टरनेसनल मोडेल स्कुलमा फुड फेस्टिभल र विज्ञान प्रदर्शनी सम्पन्न भएको छ । धनगढी उपमहानगरपालिका वडा नम्बर २ बैयाबेहडीमा रहेको एलान्स इन्टरनेसनल मोडेल स्कुलका विद्यार्थीहरुको आयोजनामा फुड फेस्टिल र विज्ञान प्रदर्शनी सम्पन्न भएको हो ।
अभिभावकको उपस्थीति र शिक्षकको सहयोगमा कक्षा ५ देखि १० सम्मका विद्यार्थीहरुले फुड फेस्टिभल र विज्ञान प्रदर्शनीमा सहभागिता जनाएका थिए । विभिन्न समुदायका परम्परागत खानाको प्रदर्शन गराउँदै विद्यार्थीहरूलाई विविध सांस्कृतिक खानपानबारे जानकारी दिन, बजेट व्यवस्थापन, तथा उद्यमशीलताको व्यवहारिक ज्ञान प्रदान गर्न र विद्यार्थीहरूलाई खाना बेच्ने, ग्राहकसँग व्यवहार गर्ने, र व्यावसायिक सोचको विकास गर्न मद्दत पुर्याउने उद्देश्यले फुड फेस्टिभल आयोजना गरिएको जनाइएको छ ।
फुड भेस्टिभलमा विद्यार्थीहरुले सेलरोट,पुरी,अचार,ढिग्री जस्ता नेपाली परम्परागत खानाका परीकारहरु बनाई अभिभावकलाई विक्रि गरेका थिए । यस भेस्टिभलबाट सामाजिकीकरण र बस्तु खरिद विक्रि तथा मुल्य निर्धारणका बारेमा ज्ञान प्राप्त गरेको कक्षा ९ मा अध्ययनरत छात्रा सनिभा सिंहले बताइन् ।
त्यसैगरि विद्यालयमा आयोजना गरिएको विज्ञान प्रदर्शनीमा विद्यार्थीहरुले बनाएका विभिन्न साइन्स सम्बन्धि प्राजेक्टहरु प्रदर्शन गरिएका थिए । प्रदर्शनीमा विद्यार्थीहरुले प्रदर्शन गरेका प्राजेक्टहरु यस्ता थिए ।
विज्ञान प्रदर्शनीले विद्यार्थीहरुको सोच्ने क्षमता अभिवृद्धि भएको प्रिन्सीपल मनोज पन्तले बताए । त्यसैगरि फुड फेस्टिभलबाट विद्यार्थीहरुले खाना पकाउने तरिका र व्यापार गरेर मुनाफा आर्जन गर्ने तरिका सिक्ने अवसर पाएको उनको भनाई छ ।

प्रतिकृया दिनुहोस्