धनगढीः कैलालीमा एक सय भन्दा बढि विदेशी नागरिक अनुमति बिना वन क्षेत्रमा बसिरहेको पाइएको छ।
जिल्लाको घोडाघोडी नगरपालिका–९ को सिमली जंगलमा करीब हप्ता दिनदेखि भारत, अमेरिका, चिन लगायतका देशका एक सय भन्दा नागरिक बसोबास गरेर अस्वभाविक गतिविधी गर्दै आएको पाइएको छ। रेन्बो फेमली ग्यादरिङ नाम दिएर समूहमा आएका उनीहरुले कुनै पनि निकायबाट अनुुमति नलिएको पाइएपछि कैलालीका प्रमुुख जिल्ला अधिकारी गोगनबहादुर हमालले २४ घण्टाभित्र गन्तव्यमा जान निर्देशन दिएका छन्।
विदेशी नागरिक वन क्षेत्रमा बसेर अर्धनग्न हुने, आपसीमा अस्वभाविक गतिविधी गर्ने जस्ता गुनासा आएपछि बिहीबार जिल्लास्थित सुरक्षा निकायका प्रमुखसहित सिमली जंगल क्षेत्रमा पुगेका प्रमुख जिल्ला अधिकारी हमालले २४ घण्टाभित्र गन्तव्यतर्फ जान निर्देशन दिएका हुन्। निर्देशनअनुसार वन क्षेत्र छाडेर गन्तव्यतर्फ नलागे प्रचलित कानुनबमोजिम कारवाही हुने चेतावनी समेत दिइएको छ। ‘जंगल क्षेत्रमा विगत हप्ता दिनदेखि विदेशी नागरिक बस्दै आएको र उनीहरुले अस्वभाविक गतिविधी गरिरहेको गुनासो प्राप्त भएपछि बिहीवार त्यहाँ पुगेका थियौँ,’ प्रजिअ हमालले भने, ‘उहाँहरु कुनै निकायको अनुमती नलिएर सिमलीको वन क्षेत्रमा बस्दै आएको देखिएको छ। सबै जनालाई २४ घण्टाभित्र गन्तव्यमा जान निर्देशन दिइएको छ।’

प्रतिकृया दिनुहोस्