६ असार २०८२, शुक्रबार १३:२९
कञ्चनपुर — शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा यस वर्ष साढे ३ हजार बढी पर्यटक प्रवेश गरेका छन् । निकुञ्ज कार्यालयका अनुसार जेठसम्म अधिकांश आन्तरिक र थोरै विदेशी पर्यटक घुम्नका लागि भित्र प्रवेश गरेका हुन् । निकुञ्ज कार्यालयका अनुसार ३ हजार २ सय ८४ आन्तरिक, १ सय ७६ सार्क राष्ट्रका र १ सय ५१ अन्य विदेशी मुलुकका गरी ३ हजार ६ सय ११ पर्यटक यहाँ घुमेका छन् । जुन गत आर्थिक वर्षको तुलनामा कम हो । गत आर्थिक वर्षमा नेपाली ३ हजार ७ सय ६२, सार्क राष्ट्रका १ सय ३२ र अन्य विदेशी नागरिक १ सय ११ गरी ४ हजार ५ ले निकुञ्ज घुमेका थिए । प्रचारप्रसारसँगै भौतिक पूर्वाधार अभावका कारण यहाँ पर्यटकको संख्या निकै कम हुने गरेको छ । कोरोना संक्रमणपछि पर्यटकको संख्या बढ्न थाले पनि फेरि स्थिर हुन थालेको छ ।

प्रतिकृया दिनुहोस्