धनगढी, ८ असार । कैलाली जिल्लाको कैलारी गाउँपालिकाले आर्थिक बर्ष २०८२-०८३ सालको ७२ करोड २५ लाख ३ हजार बजेट सार्वजनिक गरिएको छ ।
कैलारी गाउँपालिकाको आर्थिक बर्ष २०८१-०८२ को गाउँसभामा गाउँपालिका उपाध्यक्ष भगवतीकुमारी चौधरी आर्थिक बर्ष २०८२-०८३ सालको लागि बजेट प्रस्तुत गरेका थियो ।
आय तर्फ संघीय सरकारबाट अनुदानमा रु. १४ करोड १८ लाख, राजश्व बाडफाडमा रु. १२ करोड ८२ लाख ४६, हजार, सर्शत कार्यक्रम रु ३० करोड ५७ लाख, बिशेष अनुदान रु. ५४ लाख, समपुरक अनुदान रु. २ करोड ६५ लाख गरी जम्मा रु. ६० करोड ७६ लाख ४६ हजार प्रस्तुत गर्नुभएको छ ।
प्रदेश सरकारबाट सामानिकरण अनुदानमा रु. १ करोड ४३ लाख ८२ हजार, राजश्व बाडफाडमा रु. ४३ लाख ४ हजार समपुरक अनुदान रु. ८५ लाख र बिशेष अनुदान रु. ५५ लाख गरी जम्मा रु. ३ करोड २६ लाख ८६ हजार रहेको छ । गाउँपालिका आन्तरीक आयमा आन्तरीक आय रु. २ करोड ५७ लाख, आन्तरीक श्रोत अ.ल्या रु. ४० लाख गरी जम्मा रु. २ करोड ९७ लाख रहेको छ । गा.पा को कुल जम्मा रु.६७ करोड ३२ हजार, गै.स.स.को कार्यक्रम रु. ५ करोड २४ लाख ७१ हजार गरी आर्थिक बर्ष २०८२-०८३ सालको लागि कुल जम्मा आयरु. ७२ करोड २५ लाख ३ हजार बजेट गाउँपालिकाले प्रस्तुत गरेका थिये ।
त्यसैगरी कैलारी गाउँपालिकाको आर्थिक बर्ष २०८१-०८२ को गाउँसभा अधिवेशन गाउँपालिका उपाध्यक्ष भगवतीकुमारी चौधरीको अध्यक्षतामा भएको पहिलो बैठकबाट गाउँपालिका अध्यक्ष राजसमझ चौधरी आर्थिक बर्ष २०८२-०८३ सालको लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो ।

प्रतिकृया दिनुहोस्