१९ आश्विन २०८२, आईतवार १५:५०
काठमाडौँ । सुन्धारास्थित केन्द्रीय कारागारबाट भागेका एक जना फरार अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा दाङको तुलसीपुर नगरपालिका–१६ घर भएका सन्देश शर्मा छन् ।
उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले उनलाई ललितपुरको बखुण्डोलबाट पक्राउ गरेको एक प्रहरी अधिकृतले जानकारी दिए । शर्मा पछिल्लो समय ललितपुरको महालक्ष्मी नगरपालिका–६ स्थित हरिसिद्धिमा बस्दै आएका थिए । नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै ठगीधन्दा चलाउने गिरोहका मुख्य योजनाकार मध्येका शर्मालाई अदालतले पुर्पक्षका लागी थुनामा राख्न आदेश गरेको थियो ।
जेनजी प्रदर्शनको क्रममा उनी सुन्धाराबाट भागेका हुन् ।

प्रतिकृया दिनुहोस्