धनगढी २ बैयावेहडीमा रहेको एलायन्स ईन्टरनेशनल मोडेल स्कुलद्धारा साताब्यापी कार्यक्रम शुरु भएकोे छ । बिद्यार्थीहरुमा भएको क्षमतालाई थप प्रस्फुटन गर्न उक्त कार्यक्रम गरिएको हो । पढाईका अतिरिक्त पनि शारिरीक र मानसीक जस्ता बिबिधले बिद्यार्थीहरुलाई निखार्न मदत मिल्ने जनाएको छ ।बिद्यार्थीहरुलाई एकसातासम्म बिभिन्न खेलकुदका गतिबिधी गराईने छन् । कक्षा पिजीदेखी कक्षा दशसम्मका बिद्यार्थी सबैलाई रुचि अनुसारका खेल खेलाईने बिद्यालयले जनाएको छ ।
खेल क्षमताको विकासले दक्ष जनशक्ति देशमा निस्कने बिश्वासले खेलका गतिबिधी गराईदैं छ ।स्कुलको बार्षिकोत्सवको अवसर पार्दै खेलमा बिजयी स्थान लिनेहरु बिद्यार्थीलाई पुरस्कृत गरिने छ । निजी बिद्यालयमामा सरकारले बिद्यार्थीहरुका लागी आवश्यक लगानी गर्नपर्ने आम निजी स्तरका बिद्यालयको माग छ । गुणस्तरिय शिक्षा प्रदान गर्न निजी लगानीमा बनेका बिद्यालयले समेत अहम् भुमिका निर्वाह गरेको बिद्यालयको भनाई छ ।

प्रतिकृया दिनुहोस्