१४ फाल्गुन २०८२, बिहीबार २०:१८
कैलालीको गोदावरी नगरपालिकामा रहेको एक स्कुललाई सहयोग हस्तान्तरण गरिएको छ । श्री सुदूरपश्चिम समाबेशी आधारभूत विद्यालयलाइ केही सामाग्री सहयोग गरिएको हो ।श्री समैजी किचन सप कैलालीका प्रोप्राइटर पुष्कर भण्डारी र अत्तरियामा रहेको फिटनेस प्लानेट एन्ड जुम्बाका सन्चालक अजय रिजाल(अज्जु बिक्रम काजी)द्वारा केही वस्तु प्रदान भएको छ । समैजी किचेनले सानो कपि-११८ गोटा, ठुलो कपि-१२० गोटा,गिलास-३०, थाल -३० र वाटा -२ दिइएको छ भने फिटनेश प्लान्ट एन्ड जुम्बाबाट विभिन्न प्रकारका स्टेशनरी सामाग्री दिइएको हो । यो सहयोगले बिद्यालयमा आवश्यक पर्ने सामाग्रीको अभावमा कमि आउँदा बिद्यालय परिवारले धन्यवाद व्यक्त गरेको छ ।

प्रतिकृया दिनुहोस्