धनगढीमा रहेको एक्सपर्ट एजुकेशनले खेलाडीहरुलाई जर्सि सहयोग गरेको छ । फाप्ला अन्र्तराष्ट्रिय क्रिकेट मैदानमा आजबाट शुरु भएको चौथो संस्करणको एसपिए कैलाली प्राइड लिगका खेलाडीहरुलाई जर्सि प्रदान भएको हो । अन्तरपालिका स्तरीय रुपमा प्रतियोगिता हुने जनाइएको छ । आयोजक संस्था जिल्ला क्रिकेट संघ कैलालीले टि २० फरम्यार्टमा खेलाइने प्रतियोगीतामा सुदूरपश्चिम प्रदेशका १२ स्थानीय तहका टोली सहभागी छन । जसअन्तर्गत समूह ‘ए’ मा धनगढी उपमहानरपालिका,आलिताल गाउँपालिका र बरदगोरिया गाउँपालिका रहेका छन । समूह बी मा घोडाघोडी नगरपालिक,भीमदत्त नगरपालिक र पूनर्वास नगरपालिका ‘ए’रहेका छन । समूह ‘सी`मा गोदावरी नगरपालिक,बुढीगंगा नगरपालिक र परशुराम नगरपालिका रहेका छन भने समूह डी मा लम्कीचुहा नगरपालिक,टिकापुर नगरपालिका र पुनर्वास नगरपालिक बी रहेका छन । प्रतियोगीताको विजेता टोलीले नगद ३ लाख र आकर्षक ट्रफी प्राप्त गर्ने जिल्ला क्रिकेट संघ कैलालीले जनाएको छ । त्यस्तै उपविजेता टोलीले नगद १ लाख प्राप्त गर्नेछ भने प्रतियोगीताकौ सर्वोत्कृष्ट खेलाडीले नगद रु २० हजार ट्रफी,उत्कृष्ट बलर,उत्कृष्ट ब्याटरलाई जनही १५र १५ हजार र ट्रफी, उदयमान खेलाडीलाई नगद रु १० हजार र ट्रफी प्रदान गरिनेछ भने प्रत्येक खेलको म्यान अफ दी म्याचले नगद रु २ हजार प्राप्त गर्नेछ ।
चैत्र ५ गतेसम्म सञ्चालन हुने यस प्रतियोगीताको मुख्य प्रायोजक धनगढीको एसपिए कलेज रहेको छ भने उक्त प्रतियोगीता सम्पन्न गर्न अनुमानित कुल २६ लाख २५ हजार खर्च लाग्ने जिल्ला क्रिकेट संघ कैलालीले जनाएको छ । एक्सपर्टले सामाजिक उत्तरदायित्व हुने क्षेत्रमा आफ्नो योगदान बहन गर्दै आईरहेको छ ।

प्रतिकृया दिनुहोस्