१९ जेष्ठ २०८१, शनिबार २१:३३
धनगढी । विश्व हिन्दु परिषद् नेपाल धनगढी नगर समिति स्थापनाको वार्षिक उत्सवको अवसरमा कैलालीको बर्दगोरिया गाउँपालिका–१ मा रहेको दोदोधारा अस्पतालमा स्वास्थ्य शिविर आयोजना गरेको छ।
बढ्दै गरेको गर्मीको जनजनमा परेको प्रभावलाई मध्यनजर गर्दै कैलालीको विकट मानिएको पालिका बर्दगोरियामा स्वास्थ्य शिविर आयोजना गरेको हो। निःशुल्क स्वास्थ्य शिविरमा कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर अशोकराज पन्त, हाड जोर्नी तथा मेरुदण्ड विशेषज्ञ डाक्टर ज्ञानेन्द्र जोशी, पेट छाती मुटु तथा दमरोग विशेषज्ञ डाक्टर विकास रिजाल र स्त्री तथा प्रसुति रोग विशेषज्ञ डाक्टर जगदीशचन्द्र बिष्टले सेवा दिएका थिए।
उक्त शिविरबाट २८० जना महिला र १६४ जना पुरुष गरी ४४४ जना स्थानीयले सेवा लिएका छन्। आफ्नै घरदैलोमा विशेष सेवा पाएपछि स्थानीय हर्सित भएका छन्।

प्रतिकृया दिनुहोस्