धनगढी । नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेडले फोन पे क्युआर मर्चेन्टलार्इ सम्मान गरेको छ । शनिवार धनगढी स्थित होटल रुबसमा आयोजित एक समारोहका बिच रोस्यो हस्पिटालिटि प्राइभेट लिमिटेड र धनगढी टायर हाउसलाई नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेडको क्युआर मार्फत आफ्नो सस्थामा कारोबार गरि डिजिटल बैंकिग प्रणालीलाइ प्रबर्द्धनमा योगदान गरेको भन्दै सम्मान गरेको हो ।
सम्मान ग्रहण गर्दै रोस्यो हस्पिटालिटि प्राइभेट लिमिटेडको व्यवस्थापक हरि बस्नेत र धनगढी टायर हाउसका प्रोप्राइटर ईश्वर खड्काले बिगत लामो समयदेखि नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेडको ग्राहकको रुपमा कारोबार गर्दै आएको बताए । बैंकले प्रदान गर्ने सम्पुर्ण सेवा सुबिधा सहज भएको उनीहरुको भनाई छ । बैंकले सम्मान गरेकोमा खुसि व्यक्त गर्दै उनीहरुले अहिलेको युग प्रबिधिकै युग भएकोले आगामी दिनमा डिजिटल कारोबारलाइ अझै बढाउदै लैजाने प्रतिवद्धता जनाए ।
उक्त कार्यक्रममा नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेडका सम्पत्ति ,दायित्व एवं मार्केटिङ ब्यबस्थापन प्रमुख जेनु थापा, डिजिटल बैंकिग बिभाग प्रमुख बिश्व सिंह , धनगढी प्रदेश प्रमुख तारा नाथ लम्साल, मार्केटिङ म्यानेजर सृजना न्यौपाने बस्नेत, डिजिटल बैंकिग बिभागका पशुपति सुवेदी , आशिष गजुरेल र धनगढी प्रदेश अन्तर्गत रहेका विभिन्न शाखाका शाखा प्रमुख तथा कर्मचारीहरुको सहभागीता रहेको बैंकका धनगढी प्रदेश रिलेसनशिप अफिसर टेक राज जोशीले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्