धनगढी । सुदूूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ।
प्रदेश प्रमुख नजिर मियाँले प्रदेश सभा बैठकमा आइतवार आगामी आर्थिक वर्ष २०८१÷८२ को नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन्। सार्वजनिक गरिएको नीति तथा कार्यक्रममा अधिकांश पुरानै कार्यक्रमलाई समेटिएको छ। सुदूूरपश्चिम प्रदेशको निति तथा कार्यक्रममा प्रदेश गौरवका सडक योजनालाई निरन्तरता दिनेदेखि क्रममागत अन्य पूर्वाधार विकास योजनालाई तीव्र रुपमा अघि बढाउने विषय समावेश गरिएको छ।
यस्तै सरकारले कृषीमा आत्मनिर्भर सुदूूरपश्चिमको अभियान भन्ने नारा सहित ५ बर्षभित्र खाद्यान्न, माशु, अण्डा लगायतमा आत्मनिर्भर बन्ने लक्ष लिएको छ। निजि क्षेत्र सगंको सहकार्यमा कृषी तथा पशु पालन र बजारीकरण कार्यक्रम लागु गरिने निति तथा कार्यक्रममा उल्लेख गरिएको छ। कृषीमा आत्मनिर्भर बनाउँदै बाहिरिने युवा शक्तीलाई स्वदेशमै स्वरोजगार बनाउने लक्ष्य लिइएको छ।

प्रतिकृया दिनुहोस्