धनगढी । सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख नजिर मियाँलाई महालेखा परीक्षकको छैटौँ वार्षिक प्रतिवेदन पेश गरिको छ । नायव महालेखा परीक्षक पशुपति काफ्ले र निर्देशक कृष्ण खनालले प्रदेश प्रमुख मियाँलाई आर्थिक वर्ष २०७९/८०को प्रतिवेदन पेस गरेका हुन् । उक्त प्रतिबेदनमा ३९ अर्ब ४३ करोड ९८ हजार ९९ को लेखा परिक्षण गर्दा फर्स्यौट गर्नु पर्ने रकम ३७ करोड ६३ लाख ९१ हजार रहेको उल्लेख गरिएको छ । त्यसमा १५ प्रतिशत अर्थात ५ करोड ७३ लाख ६३ हजार रकम असुल गर्नु पर्ने रहेको छ छ । ८ करोड ९६ लाख ८८ हजार रकमको प्रमाण कागज पेश नभएको देखिएको छ । प्रतिबेदनले ७ करोड ४३ लाख २५ हजार अनियमित भएको ठहर गरेको छ । त्यस्तै १७ करोड ४० लाख ८ हजार नियमित गर्नु पर्ने रकम उल्लेख गरिएको छ भने, ९९ लाख ९५हजार शोधभर्ना नलिएको रकम उल्लेख गरिएको छ ।
प्रदेश मन्त्रालय तथा निकायमा गरि १४३ वटामा गरिएको लेखापरीक्षणमा २७ करोड ६६लाख ५१हजार बेरुजु देखिएको छ भने,समिति तथा अन्य संस्था गरि १८ वटामा गरिएको लेखापरीक्षणमा ९ करोड ९७ लाख ४० हजार बेरुजु देखिएको छ । प्रदेश मन्त्रालय तथा निकायमा विगतको हाल सम्मको बेरुजु १ अर्ब ९४ करोड ५४लाख १३हजार रहेको थियो । ८ करोड ३९ लाख ८९हजार फर्स्यौट तथा परीक्षण गर्दा विगतका बर्सहरूको कुल बेरुजु १ अर्ब ८६ करोड १४ लाख २४ हजार बाँकी रहेको छ । त्यसमा उक्त आर्थिक वर्षमा २७ करोड ६६लाख ५१हजार बेरुजु थप भएको छ । अहिले प्रदेश मन्त्रालय तथा निकायमा २ अर्ब १३ करोड ८० लाख ७५ हजार बेरुजु बाकी रहेको छ ।त्यस्तै समिति तथा संस्थामा बिगतका वर्षहरूमा ४४ करोड ६५ लाख ४७हजार बेरुजु रहेको थियो त्यसमा १४ लाख ३३ हजार मात्रै फर्स्यौट तथा परीक्षण भएको देखिएको छ । ४४ करोड ५१ लाख १४ हजार बेरुजु बाँकी रहँदा त्यस वर्ष ९ करोड ९७ लाख ४०हजार बेरुजु थप भएको छ । अहिले समिति तथा संस्थामा ५४ करोड ४८ लाख ५४ हजार बेरुजु बाँकी देखिएको छ ।
प्रदेश मन्त्रालय तथा निकाय , समिति तथा संस्थाहरूको बेरुजु २ अर्ब ३९ करोड १९ लाख ६० हजार बाकी रहेको थियो त्यसमा ८करोड ५४ लाख २२ हजार फर्स्यौट तथा परीक्षण हुँदा २अर्ब ३० करोड ६५ लाख ३८हजार बेरुजु बाँकी रहेको थियो । त्यसमा आर्थिक वर्ष २०७०/०८० को ३७ करोड ६३ लाख ९१ हजार बेरुजु थप हुँदा अहिले सम्म २ अर्ब ६८ करोड २९ लाख २९ हजार रुपैयाँ रकम बाँकी रहेको छ । ‘यो वर्ष प्रदेश मन्त्रालय तथा निकाय र समिति तथा अन्य संस्था समेतको र ३९ अर्ब ४३ करोड ९९ लाखको लेखापरीक्षण गर्दा प्रारम्भिक प्रतिवेदनबाट ४० करोड ८५ लाख ४२ हजार बेरुजु देखिएको छ । सो मध्ये प्रतिवेदन अवधि सम्म ३ करोड २१ लाख ५१ हजार बेरुजु फर्स्यौट गराएबाट ३७ करोड ६३ लाख ९१ हजार फर्स्यौट हुन बाकी छ ’महालेखाको छैटौँ प्रतिवेदनको ५।१ मा भनिएको छ, ‘यो वर्षसम्म फर्स्यौट हुन बाकी कुल २ अर्ब ६८ करोड २९ लाख २९ हजार रहेको छ ।’

प्रतिकृया दिनुहोस्