२२ जेष्ठ २०८१, मंगलवार १७:०९
धनगढी । धनगढी सहिद गेट अगाडी रहेको स्वस्तिक अस्पतालमा जेठ २६ गते मुटु रोग विशेषज्ञ डाक्टर आउने भएका छन् । काठमाडौमा कार्यरत मुटु रोग रोग विशेषज्ञ डाक्टर कृष्ण चन्द्र अधिकारी हरेक महिनाको अन्तिम शनिबार स्वस्तिक अस्पतालमा आउने जनाइएको छ ।
डाक्टर अधिकारीले जेठ २६ गते विहान १० बजेदेखि ५ बजेसम्म मुटु सम्बन्धि रोगहरुको उपचार तथा परामर्श सेवा प्रदान गर्नेछन् । उनले मुटु सम्बन्धी सम्पुर्ण समस्याको उपचार,पेसमेकर राखेका बिरामीको उपचार,मुटुको चालमा गडबडी र आत्तिने समस्या भएका बिरामीको उपचार गरिने जनाइएको छ ।
मुटु रोगका विरामीको लागि एबीपिएम,हल्टर,टिएमटी र इको कार्डियोग्राफीको व्यवस्था समेत रहेको स्वस्तिक अस्पतालले जानकारी दिएको छ । विरामीलाई विशेष छुट सहित विशेषज्ञ डाक्टरबाट सेवा प्रदान गर्न लागिएको अस्पतालको भनाई छ ।

प्रतिकृया दिनुहोस्