धनगढी । धनगढी लेडी जेसिजले धनगढीमा वृक्षारोपण गरेर विश्व वातावरण दिवस मनाएको छ ।लेडी जेसिजले विश्व वातावरण दिवसको अवसरमा शिवपुरी धाममा वृक्षारोपण गरेर विश्व वातावरण दिवस मनाएको हो ।
शिवपुरी धाम क्षेत्रमा विभिन्न किसिमका २५ वटा रुखहरु,फलफूलका विरुवाहरु रोपिएका छन् । धनगढी लेडी जेसिजकी अध्यक्ष सुशिला बिष्ट निरौलाको अध्यक्षतामा भएको कार्यक्रममा शिवपुरी धाम व्यवस्थापन समितिका पदाधिकारी,अन्य संघ संस्थाका प्रतिनिधी र राजनितिक दलका प्रतिनिधिको सहभागिता रहेको थियो ।
धनगढी लेडी जेसिजका कार्यकारी अध्यक्ष सुशिला बिष्ट निरौलाले वातावरण संरक्षणको महत्वबारे जनचेतना फैलाउन,वातावरण संरक्षण,जगेर्ना गर्दै चराचुरुंगीको वासस्थान निर्माणमा सहयोग गर्न र आउँदो पुस्ताका लागि वातावरणको रक्षा गर्ने बारे व्यक्तिगत तथा सामूहिक प्रयासलाई प्रोत्साहित गर्न विश्व वातावरण दिवसको अवसरमा यो विशेष कार्यक्रमको आयोजना गरिएको बताए ।
लेडी जेसिजले विभिन्न समयमा सामाजिक कार्यहरु गर्दै आएको छ । समाजमा सकरात्मक परिवर्तन र विकासका लािग लेडी जेसिजले निरन्तर काम गरिरहेको बताइएको छ ।

प्रतिकृया दिनुहोस्