३ असार २०८१, आईतवार ०७:५७
काठमाडौं । हंगेरीलाई हराउँदै स्विजरल्याण्डले युरो २०२४ मा विजयी सुरुवात गरेको छ । समूह ए अन्तर्गतको खेलमा हङ्गेरीलाई ३–१ गोलले पराजित गर्दै स्विजरल्याण्ड विजयी भएको हो ।
खेलको १२ औँ मिनेटमा क्वाडवो डुआले स्वीस टोलीलाई अग्रता दिलाएका थिए । पहिलो हाफको ४५ औं मिनेटमा मिकेल एबिस्चरले स्विस टोलीको अग्रता दोब्बर बनाए ।
पहिलो हाफमा २-० को अग्रता कायम गरेको स्वीस टोलिले ६५ औं मिनेटमा गोल खायो । हङ्गेरिको लागि बर्नबास भार्गाले गोल गर्दै खेलमा फर्कने प्रयास गरे । खेलको ९० औ मिनेटमा ब्रिल इमबोलोले गोल गर्दै स्वीस टोलीको जित सुरक्षित गरे ।

प्रतिकृया दिनुहोस्